यी हुन् एसईई प्रश्नपत्र ‘लिक’ गर्नेहरु, प्रहरीदेखि शिक्षकसम्म

यी हुन् एसईई प्रश्नपत्र ‘लिक’ गर्नेहरु, प्रहरीदेखि शिक्षकसम्म

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदेश २ मा एसईई परीक्षाको प्रश्नपत्र लिक गर्ने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चैत्र १४ र १५ गते विज्ञान र सामाजिक विषयमा प्रश्नपत्र लिक गरिएको थियो । जसका कारण प्रदेश २ को एसईई परीक्षा नै स्थगित गरिएको छ ।

प्रश्नपत्र लिक प्रकरणमा मुछिएका ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरीसहित ६ जना सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत प्रहरी हुन् । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव रहेका छन् ।

उक्त प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ । ब्युरोले डीएसपी निरञ्जन भट्टको नेतृत्वका अनुसन्धान टोली खटाएको छ । त्यस्तै परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

Logo