प्रथम बनाइ दिने भन्दै यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ

प्रथम बनाइ दिने भन्दै यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ

केन्द्रबिन्दु
0
Shares

फिदिम । प्रथम बनाईदिने भन्दै यौन दुव्र्यवहार गर्ने एक शिक्षक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि ८ कक्षामा पढ्दै गरेकी आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन्।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुव्र्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

Logo