प्रदेश २ मा रोकिएको एसईई परीक्षा चैत्र २२ गतेबाट सुरु हुने

प्रदेश २ मा रोकिएको एसईई परीक्षा चैत्र २२ गतेबाट सुरु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदेश २ मा रोकिएको एसईईको परीक्षा चैत २२ गते शुक्रबारबाट हुने भएको छ । परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले २२ देखि २९ गते सम्म परीक्षा गर्ने निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

नयाँ तालिकालाई पुरानै विषय अनुसार क्रम निर्धारण गरिएको उनले बताए । यस अघि प्रश्नपत्र आउट भएर रोकिएको विज्ञानको परीक्षा २२ गते र २३ गते सामाजिक विषयको परीक्षा हुनेछ । अरु पहिलेकै रुटिन अनुसार क्रमैसँग हुनेछ ।

२४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिषका विषयको परीक्षा हुने छन् भने २५ गते वेद विषयका र २६ गते ऐच्छिक विषयको परीक्षा हुनेछ । २६ गते सम्म साधारण विषयको परीक्षा हुने र बाँकी ३ दिन प्राविधिक विषयको परीक्षा हुनेछ । लगातार प्रश्नपत्र आउट भएपछि गत शुक्रबार साँझ सरकारले बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

Logo