एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने

एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी) लाई दिने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो ।

सिआइवीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्नेछ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसइई परीक्षाको बिहीबार प्रदेश नं.२ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा चैत २२ गते तोकिएको छ । यस्तै बैठकले ७७ जिल्लामा अबदेखि सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ ।

शनिबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड÷ फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकतर्फ कृषि तथा माछापालन, इलेक्ट्रिकल व्यवस्थापन र उपकरण, कम्प्युटर तथा सर्भे इञ्जिनीयर र म्युजिक अफ नेपाल विषयको परीक्षा हुनेछ ।

शनिबार हुने ती विषयको प्रश्नपत्र ठीक छ वा छैन भनेर साँझ ६ बजेसम्म मुचुल्का परीक्षण गर्ने निर्णय गरिएको स्वकीय सचिव केसीले बताउनुभयो । देशभर चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ ।
रासस

Logo