प्रदेश २ को एसईई परीक्षा स्थगित, अन्य प्रदेशमा यथावत

प्रदेश २ को एसईई परीक्षा स्थगित, अन्य प्रदेशमा यथावत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा स्थगित गरिएको जानकारी दिए । अन्यत्र भने परीक्षा यथावत राखिएको शिक्षामन्त्री पोखरेलको भनाई छ ।

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गरेको हो । परीक्षा तालिका पछि प्रकाशित हुने र भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलको भनाई छ । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ ।

प्रदेश २ परीक्षाअगावै प्रश्नपत्र बाहिर ल्याउनेलाई पत्ता लगाई कारवाही गरिने प्रतिबद्धता जनाए । राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति बनाएको र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरिरहेको भन्दै दोषीलाई पत्ता लगाएर कडा कारवाही गरिने बताए ।

‘राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति बनाएको छ । शिक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरोबाट टोली खटाएको छ’, उनले भने, ‘अपराधीलाई कुनै हालतमा छाडिन्न। सरकारले छानविन गरी सत्यतथ्य बाहिर ल्याउँछ।’

Logo