शनिबार हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्नपत्र पनि बाहिरियो

शनिबार हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्नपत्र पनि बाहिरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एसईई परीक्षा अन्तर्गत प्रदेश–२ शनिबार हुन लागेको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको छ। यसअघि बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

शनिवार हुने स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएपछि विद्यार्थी तथा अभिभावकहरु आक्रोशित बनेका छन् । परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि शनिबारको परीक्षा तयारीबारे बुझ्न सम्बन्धित क्षेत्रमा खटिएका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाको टोलीले शनिबारको प्रश्नपत्र पनि बाहिरिएको पुष्टि गरेका हुन्।

सामाजिक सञ्जालबाट बाहिरिएको प्रश्नपत्र शनिवारको परीक्षा के गर्ने भन्ने विषयमा सरोकारवालाहरु छलफलमा जुटेका छन् । प्रतिवेदन अध्ययनपछि शनिबारलगायत अन्य दिनका परीक्षा सञ्चालनबारे के गर्ने भन्ने निर्णय गरिने शिक्षा मन्त्रालयले जनाएको छ।

दैनिक परीक्षा रद्ध हुँदै गएपछि प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन्। कतिपय स्थानमा प्रहरीले विद्यार्थीका गतिविधि नियन्त्रण लिन अश्रुग्याससमेत प्रहार गर्नु परेको छ। शिक्षा मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ४ घण्टाभित्र देशभरका प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको थियो ।

 

Logo