४ घण्टाभित्र देशभरका एसईईको प्रश्नपत्र रुजु गर्न निर्देशन

४ घण्टाभित्र देशभरका एसईईको प्रश्नपत्र रुजु गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षा मन्त्रालयले ४ घण्टाभित्र एसईईको प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको हो ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि आकश्मिक रुपमा बसेको बैठकले ४ घण्टाभित्र पश्नपत्र रुजु गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समितिको सिंहदरबारमा बसेको बैठकले यस अघि नै जिल्ला जिल्लामा पठाईसकिएका प्रश्नपत्रको रुजु गरी मुचुल्का तयार पारी रिपोटिङ गर्न जिल्लास्थित सुरक्षा समितिलाई निर्देशन दिएको हो ।

मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजकको रोहवरमा जाँच गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको उक्त समितिले गर्ने रिपोटिङ पछि केन्द्रिय समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने तय भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

उक्त बैठकले अभिभावक तथा विद्यार्थीलाई संयम हुन आग्रह गर्दै छानविनका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) लाई खटाउने निर्णय समेत गरेको स्वकीय सचिव केसीको भनाई छ । लगातार प्रशनपत्र बाहिरिएपछि बढ्दो विद्यार्थी अभिभावकको आलोचना र आक्रोश मत्थर पार्न समतिले संयमता अपनाउन आग्रह गरेको हो । प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदेश २ का विद्यार्थीले सडकमै उत्रेर प्रदर्शन समेत गरेका थिए ।

Logo