प्रदेश नं. २ मा सामाजिक विषयको परीक्षा पनि स्थगित

प्रदेश नं. २ मा सामाजिक विषयको परीक्षा पनि स्थगित

केन्द्रबिन्दु
0
Shares

धनुषा

प्रदेश नं. २ मा एसईई अन्तर्गत आज हुनु पर्ने अनिवार्य सामाजिक विषयको परीक्षा पनि स्थगित भएको छ । परिक्षा हुनु भन्दा एकदिन पहिले नै प्रश्नपत्र आउट भएपछि सामाजिकको परिक्षा पनि स्थगित भएको हो ।

बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो ।

परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको छ । शुक्रबार (आज ) हुने समाजिक विषयको प्रश्नपत्र पनि हिजै देखि बजारमा देखिएको थियो ।

Logo