केन्याका शिक्षक बने विश्वकै उत्कृष्ट, नेपालले के पायो ?

केन्याका शिक्षक बने विश्वकै उत्कृष्ट, नेपालले के पायो ?

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अफ्रिकी मुलुक केन्याका एक विज्ञान शिक्षक विश्वको उत्कृष्ठ शिक्षकको रुपमा पुरस्किृति भएका छन् । फ्रान्सिस्कन धर्मका अनुयायी पीटर टाबीची विश्वकै उत्कृष्ठ शिक्षक बन्दै एक मिलियन डलर बराबरको पुरस्कार जितेका हुन् । उनले आफ्नो तलबको ८० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्दै आएका थिए ।

विद्यालय जानबाट बञ्चित हुनुपरेको, सानो कक्षा कोठामा धेरै विद्यार्थीकाबीचमा अध्ययन गरेको र केही मात्र पुस्तकका बाबजुद पनि यस्तो उपलब्धी हासिल गरेको भन्दै पीटरको प्रशंसा गरिएको छ । दुबईमा आयोजित एक समारोहकाबीच पीटरलाई उत्कृष्ट शिक्षक घोषणा गर्दै असाधारण शिक्षकको पहिचान पनि दिइएको छ ।

नेपालबाट लमजुङका शिक्षक समशेर बहादुर थापा उत्कृष्ठ ५० मा छनोट भए । विश्वका १७९ मुलुकबाट उत्कृष्ठ शिक्षक छानिएको हो । अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । ती मध्येबाट ३८ देशका ५० जना शिक्षक उत्कृष्ठ ५० मा परेका थिए । जसमा नेपालबाट थापा पर्न सफल भएका थिए ।

बेलायती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्दै आएको छ । थापाले यसअघि ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ प्राप्त गरेका थिए । बेसीशहर–३ गाउँशहरका बासिन्दा थापा लामो समयदेखि अध्यापन क्षेत्रमा सक्रिय छन् ।

थापाले २०७२ सालदेखि हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको खोलेर विद्यार्थीहरुलाई अध्यापन गराउँदैं आएका छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयहरुमा निःशुल्क पढाई हुन्छ । ति दुई विद्यालयमा गरिब परिवारका विद्यार्थीहरु मात्र अध्ययन गर्न पाउँछन् । हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदै आएको छ ।

शम्शेर थापा कसरी परे विश्वका उत्कृष्ट ५० शिक्षकमा ? हेर्नुहोस भिडियो

लमजुङका शिक्षक थापा १० करोड पुरस्कार रहेको ‘ग्लोबल टिचिङ प्राइज’ मा छानिए

Logo