एसईईको प्रवेशपत्र लिन गएको छोरो एक सातादेखि वेपत्ता

एसईईको प्रवेशपत्र लिन गएको छोरो एक सातादेखि वेपत्ता

केन्द्रबिन्दु
0
Shares

बारा । बारामा एक युवक एक सातादेखि वेपत्ता भएका छन् । बाराको करैयामाई गाउँपालिका–३ बिजुलीपुर टोलका १६ वर्षीय मुरारी प्रसाद कुसवाह एकसातादेखि वेपत्ता भएका हुन् । एसईई परीक्षाको लागि प्रवेश पत्र लिन विद्यालय गएका मुरारी अहिलेसम्म घर नफर्किएको उनका बाबु रामदत्त महतो कोइरीले जानकारी दिए ।

फागुन ५ गते एसईईको प्रवेशपत्र लिन विद्यालयका गएको छोरो गढीमाई मन्दिरबाट हराएको रामदत्तको भनाई छ । महेन्द्र नमुना प्राविधिक विद्यायलमा अध्ययनरत मुरारी यो पटक एसईई दिनबाट बञ्चित भएका छन् ।

छोरा कसरी हरायो भन्नेबारे बाबु रामदत्तको भनाईः
मुरारी साँझ प्रवेशपत्र लिन साथीहरुसँगै गएका थिए । प्रबेशपत्र लिएर लेमिनेसन गर्न गढिमाई बजार गयो । त्यहीबाट उ दिदिको थियो । दिदिको घरमा थोरै समय बसेका घर फर्किन भनेर निस्कियो ।

प्रवेशपत्र लिन भनेर फोन मार्फत उनकै साथी निरञ्जन सहनीले बोलाएका थिए । हराएको दिनपनि सहनी र मुरारीबीच करिब २० मिनेट फोनमा कुराकानी भएको देखिन्छ । अवेरसम्म पनि घर नआएपछि मुरारीको नम्बरमा फोन गरे तर उठेन ।

फोन नउठेपछि दिदिकै घरमा बसेको होला भन्ने लाग्यो । पछि गर्दा पनि फोन उठेन । पटक पटक फोन गर्दा नउठेपछि हामीहरु मोटरसाईकल लिएर खोज्न निस्कियौं । जादैंगर्दा गढीमाईको उत्तर साईडमा साईकल फेला प¥यो । तर मान्छे भटिएन् । पछि प्रहरीलाई सम्पर्क गरेर खोज्न थाल्यौ । अहिलेसम्म कुनै सम्पर्क आएको छैन् । अपहरणमा परेको भएपनि कोहीले त फिरौतीको लागि भएपनि फोन गर्नुपर्ने । एकदमै चिन्ता लागिरहेको छ ।

बारा प्रहरी प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले हराएको भन्ने सूचना आएकोले खोजीकार्य जारी रहेको बताए । यो घटनालाई प्रहरीले एकदमै गम्भीरताका साथ लिएको भन्दै विभिन्न पाटोबाट अनुसन्धान भईरहेको एसपी भट्टराईको भनाई छ । प्रहरीले कल डिटेल चेक गर्नेदेखि लिएर लोकेसन सर्च गर्ने सम्मको काम गरिरहेको छ । त्यस्तै विभिन्न टोली बनाएर परिचालन गरिएको एसपी भट्टराईले बताए ।

Logo