सरकारी कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

सरकारी कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा । स्याङ्जाको एक गाउँपालिकाले सबै सरकारी कर्मचारीलाई आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउन निर्देशन जारी गरेको छ ।

कालीगण्डकी गाउँपालिका कार्यालयले सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी, शिक्षक लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका छोराछोरीलाई सरकारी विद्यालयमा अध्यापन गराउन निर्देशन जारी गरेको हो ।

उनीहरुको संरक्षणमा रहेका सन्तानलाई समेत सरकारी विद्यालयमा अध्यापन गराउन भनिएको छ । उक्त निर्देशन बमोजिम नभए गाउँपालिकाबाट प्रदान गरिने तलब भत्ता रोक्का गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद खनालले जानकारी दिए ।

संघीय सरकारको नीति तथा गाउँ शिक्षा समितिको २०७५ फागुन ७ गतेको निर्णय अनुसार उक्त व्यवस्था गरिएको उनको भनाई छ ।

Logo