कडा सुरक्षाबीच पर्साका १९ बन्दीले दिए एसइई परीक्षा

कडा सुरक्षाबीच पर्साका १९ बन्दीले दिए एसइई परीक्षा

केन्द्रबिन्दु
0
Shares

पर्सा

विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आइतबार वीरगञ्जबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएका छन् । एसइई परीक्षाको हिजो पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् ।

लागुऔषध लगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिए । उनले वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन युवा परीक्षामा सहभागी भएको बताए ।

कारागार परिसरमा विद्यालयका शिक्षकले कैदी–बन्दीलाई परीक्षाको पूर्वतयारी गराइएको निमित्त प्रमुख भण्डारीले जानकारी दिए । एसइई परीक्षामा सहभागिताका लागि यस वर्ष पर्साबाट नियमिततर्फ सात हजार ८५७, पुनःपरीक्षातर्फ ३५० र प्राविधिक विषयतर्फ १८२ ले फारम भरेका छन् । उक्त परीक्षाका लागि वीरगञ्ज महानगरपालिकाभित्र १४ र ग्रामीण क्षेत्रमा १० गरी जिल्लामा कूल २४ परीक्षा केन्द्र तोकिएको छ ।
रासस

Logo