बुवाको किरिया बसिरहेका दरेशले दिए एसईई परीक्षा

बुवाको किरिया बसिरहेका दरेशले दिए एसईई परीक्षा

केन्द्रबिन्दु
0
Shares

लमजुङ । आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्रीले समेत सहभागी भएका छन् । बेंसीसहर नगरपालिका ७ का दरेश पौडेलले परीक्षा दिएका हुन् ।

लमजुङको बेंसीसहर बजारस्थित जनविकास मावि केन्द्रबाट चितवनको रत्ननगर नगरपालिकास्थित श्रीराम बैद्धिक संस्कृत मंगलम गुरुकुलमा अध्ययनरत दरेशले परीक्षा दिएका हुन् ।

उनका बुवाको केही दिनअघि निधन भएको थियो । बाबुको निधनपछि उनी किरिया बसेका थिए । उनले पहिलो दिन अनिवार्य संस्कृति भाषाको परीक्षा दिएका छन् ।

स्कूलको कम्प्युटर कोठामा छुट्टै बेन्च राखेर उनलाई परीक्षा दिने व्यवस्था मिलाईएको केन्द्राध्यक्ष रत्नमान श्रेष्ठले जानकारी दिए ।

Logo