१५ दिने सुत्केरी एसईई परीक्षामा सहभागी, शिशु काखमै

१५ दिने सुत्केरी एसईई परीक्षामा सहभागी, शिशु काखमै

केन्द्रबिन्दु
0
Shares

दाङ । एक १५ दिने सुत्केरीले एसईई परीक्षा दिएकी छन् । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरकी २५ वर्षीया सुशीला भण्डारी १५ दिनको बच्चा कोखिलामा च्यापेर परीक्षामा सहभागी भएकी हुन् ।

बच्चा हेर्न उनका आफन्त पनि सँगै परीक्षा केन्द्रमा पुगेका छन् । महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरबाट खुल्ला विद्यालयमा अध्ययन गरेकी भण्डारी माध्यामिक विद्यालय सेन्टर तुलसीपुर केन्द्रबाट परीक्षा दिएकी हुन् ।

Logo