एसइई परीक्षा आजदेखि शुरु, ४ लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदै

एसइई परीक्षा आजदेखि शुरु, ४ लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदै

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुप अनुसार आजबाट सुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थी मध्ये २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट १ लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।

Logo