गेट कलेजका विद्यार्थीले बनाए स्वादिलो फ्रेन्च आइटम (भिडियोमा)

गेट कलेजका विद्यार्थीले बनाए स्वादिलो फ्रेन्च आइटम (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

यहि चैत्र ७ गते बिहिबार गेट कलेजले फ्रेन्च एम्बास्डर सहित प्रतिष्ठित व्यक्तित्वहरुलाई फ्रेन्चफुड आइटम बनाएर खुवायो । साथै बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर मनोरञ्जन पनि गरायो ।

खाँदा र मनोरञ्जनात्मक दृष्य देख्दा लाग्थ्यो यो अध्ययन गर्ने स्थान नभएर ५ स्टार होटल हो । लाग्थ्यो गेट कलेजमा बनाईएका फ्रेन्च आइटमहरु कुनै पनि ५ स्टार होटलमा बनाएको भन्दा कम थिएनन् ।

तर वास्तबमा यो होटल नभएर मण्डिकाटार ९ महांकालमा रहेको गेट अर्थात् ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन कलेज हो ।

टुरिजम र हस्पिटालिटीसम्बन्धि अध्ययन गरिने गेट कलेजमा अध्ययन गर्न नेपाली मात्र नभएर विदेशीहरु पनि आउने गरेका छन् । व्यवस्थापन संकायलाई केन्द्रमा राखेको गेट कलेजले व्यावहारमा आधारित आतिथ्य शिक्षा र प्रशिक्षण कार्यक्रम प्रदान गर्दै आएको छ । विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्दै आएको गेट कलेज टुरिजम र हस्पिटालीमा अब्बल मानिन्छ ।

Logo