जालपादेवी माविको पुननिर्माण गर्न निकै चुनौतीपूर्ण थियो: शम्भु दाहाल (भिडियोमा)

जालपादेवी माविको पुननिर्माण गर्न निकै चुनौतीपूर्ण थियो: शम्भु दाहाल (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

मन्दिरा खत्री

सिन्धुपाल्चोक । २०७२ मा गएको विनाशकारी भूकम्पले नेपालका विभिन्न स्थानमा मानवीयसँगै धनजन क्षति भएको थियो । त्यसको प्रत्यक्ष प्रभाव सिन्धुपाल्चोकमा पनि परेको थियो ।

सिन्धुपाल्चोकमा हजारौं मानिसको ज्यान गएको थियो । त्यस्तै भौतिक क्षति पनि धेरै भएको थियो । विनाशकारी भूकम्पमा परि वलेफी गाउँपालिका ४ मा रहेको जालपादेवी माध्यमिक विद्यालय पनि ध्वस्त भयो ।

विद्यालय भवन नै ध्वस्त भएपछि विद्यार्थीहरु खुल्ला आकाशमूनी पढ्न बाध्य भए । पानी पर्दा, अतिकति पनि हावाहुरी चल्दा विद्यालयको पठन पाठन नै बन्द गर्नुपर्ने अवस्था थियो । तर अब भने त्यो बाध्यता हटेको छ ।

सिप्रदी सहायता संस्थाले टाटा कम्युनिटी इनिसेएटीभ ट्रष्ट र टाटा ट्रष्ट (भारत) को संयुक्त सहयोगमा विद्यालयको भवन पुर्ननिर्माण गरेको छ ।

विद्यालयको ४४ औं वार्षिकोत्सवका अवसरमा गत शुक्रबार नवनिर्मित भवन हस्तान्तरण गरियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।

सिप्रदी कम्पनीका निर्देशक शम्भु प्रसाद दाहालले ३ करोड ४९ लाखको लागतमा १२ कोठे सुविधायुक्त भवन निर्माण गरिएको बताए । विद्यालयको भवन पुर्ननिर्माण गर्न निकै चुनौतीको सामना गर्नुपरेको उनको भनाई छ ।

विद्यालयको पुननिर्माण गर्न निकै चुनौतीपूर्ण रह्यो । केही सहज थिएन्, बाटो त्यस्तै कच्ची र बर्खायाममा गाडी चलाउन निकै गाह्रो । लगभग १ वर्ष दुई महिनामा नव निर्मित भवनको कार्य सम्पन्न भयो ।’ उनले भने । उक्त १२ कोठे भवनमा सुविधायुक्त शौचालय, पुस्तकालय, इ–ल्याब लगायतका सुविधाहरु रहेको निर्देशक दाहालको भनाई छ ।

Logo