शिक्षाका कर्मचारीले एसईई अघि समायोजित स्थानमा जान नपाउने

शिक्षाका कर्मचारीले एसईई अघि समायोजित स्थानमा जान नपाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षाका कर्मचारीहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) अघि समायोजित स्थानमा जान नपाउने भएका छन् । शिक्षा मन्त्रालयले एसईई नसकिँदासम्म समायोजित स्थानमा नजान शिक्षाका कर्मचारीलाई निर्देशन दिएको हो । सबै निकायलाई बिहीबार परिपत्र गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

देश संघीयतामा गईसक्दा पनि पेचिलो बनेको कर्मचारी समायोजन अन्र्तगत शिक्षा मन्त्रालयका उपसचिवहरुलाई सरकारले हालै समायोजन गरेको थियो । तर एसईई परीक्षा सञ्चालन र व्यवस्थापनमा समस्या आउने भन्दै मन्त्रालयले उक्त निर्देशन जारी गरेको हो ।

Logo