सिप्रदी सहायता संस्थाद्धारा विद्यालय भवन हस्तान्तरण

सिप्रदी सहायता संस्थाद्धारा विद्यालय भवन हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक । सिप्रदी सहायता संस्थाले भूकम्पबाट भत्किएको भवनको पुननिर्माण गरेको छ । सिन्धुपाल्चोकको बलेती गाउँपालिकाको जालपादेवी माविको नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सिप्रदी सहायता संस्थाले टाटा कम्युनिटी इनिसेएटीभ ट्रष्ट र टाटा ट्रष्ट (भारत) को संयुक्त प्रयासमा जालपादेवी माविको भवन निर्माण गरेको थियो ।

नेपाल रिस्पोन्स प्रोग्राम अन्र्तगत २०७२ सालमा गएको भूकम्पबाट भत्किएको विद्यालय भवनको पुननिर्माण गरिएको हो ।

Logo