अस्थायी शिक्षकहरु २ महिनादेखि आन्दोलनमा, शिक्षामन्त्रीको राजीनामा माग

अस्थायी शिक्षकहरु २ महिनादेखि आन्दोलनमा, शिक्षामन्त्रीको राजीनामा माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन ।

आईतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका हुन ।

१५ वर्षभन्दा बढि सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्न माग गर्दै करिव २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरुद्ध धर्ना, विरोध प्रर्दशन गर्दै आएका छन ।

उनीहरुले आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन ।

नेपालमा हाल करिव ४० हजार अस्थायी शिक्षक रहेका छन । उनीहरुले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै सरकारलाई दवाव दिईरहेका हुन । रातह तथा बाल विका शिक्षकहरुले पनि स्वतः स्थायीको माग गर्दै फागुन १९ गतेदेखि काठमाडौंमा आन्दोलन थालेका थिए ।

उनीहरुको आन्दोलनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौ शिक्षक घाईते भएका थिए । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै आन्दोलनरत शिक्षकहरुले फागुन २१ गते शैक्षिक हड्ताल गरेका थिए ।

शिक्षकहरुको माग सम्बोधन गर्न सहमतिसँगै राहत तथा बाल विकास शिक्षकहरुले आन्दोलन स्थगित गरेका थिए । तर अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरु आन्दोलनमै छन् ।

Logo