विद्यार्थीको कौशलताको पहिचान गरी मार्गदर्शन गर्ने, सेन्ट लरेन्स कलेज [भिडियाेसहित]

विद्यार्थीको कौशलताको पहिचान गरी मार्गदर्शन गर्ने, सेन्ट लरेन्स कलेज [भिडियाेसहित]

केन्द्रबिन्दु
154
Shares

पढाई फगत प्रमाणपत्रका लागि मात्र होइन, जीवनका लागि हो । जीवनलाई कसरी सहज, सुन्दर र अर्थपूर्ण बनाउने भन्ने कुरा त्यसैमा निर्भर गर्छ, जहाँ हामी आफ्नो शैक्षिक धरातल निर्माण गर्छौं । यसैले सही शैक्षिक संस्था छनौट समग्र जीवनकै लागि एक महत्वपूर्ण कदम हो । लामो शैक्षिक इतिहास बनाएको, चुस्त एवं छरितो व्यवस्थापन समूहले हाँकेको, परिपक्क एवं रचनात्मक शिक्षक समूह भएका, पुग्दो शैक्षिक स्रोत र सहज भौतिक पूर्वाधार भएको शैक्षिक संस्था सही छनौट हुनसक्छ । यसैको एउटा नमुना हो, सेन्ट लरेन्स कलेज ।

‘विद्यार्थी के पढ्न चाहन्छन् ? भविष्यमा के बन्न चाहन्छन् ? कुन विषयमा दक्षता हासिल गर्न चाहन्छन् ? सेन्ट लरेन्सले उनीहरुका उपयुक्त परामर्श र मार्गदर्शन दिने गर्दछ ।’

कलेजले वितेको करिब तीन दशकदेखि अविछिन्न रुपमा पठनपाठन गराइरहेको छ । वि.सं. २०५४ सालमा स्थापना भएको यो शैक्षिक संस्थाले एक गौरवमय इतिहास बनाइसकेको छ । यो सम्पूर्ण शिक्षाको बलियो जग हो, जहाँ नर्सरीदेखि स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिन्छ । चार हजार जना विद्यार्थीले पठनपाठन गर्ने सेन्ट लरेन्स आफैमा एक बृहत शैक्षिक परिवार हो ।

सेन्ट लरेन्स नै किन ?

प्रयोगात्मक र व्यवहारिक शिक्षा एवं जीवनोपयोगी सिकाई यस कलेजको मूख्य विशेषता हो । पढेका कुरालाई कसरी व्यवहारिक जीवनमा प्रयोग गर्ने ? पठनपाठनकै क्रममा विद्यार्थीले यसबारे थाहा पाउन सक्छन् । यहाँको पठन विधि सहज त छँदैछ, उत्तिकै प्रयोगात्मक पनि । त्यसैले विद्यार्थीले जतिपनि कुरा पढ्छन् त्यसलाई आफ्नो दैनिक जीवनमा अभ्यास गर्न सक्छन् । पढाईसँगै स्थलगत भ्रमण, अध्ययन–अनुसन्धान, छलफल–सेमिनारमा विद्यार्थीलाई प्राथमिकतासाथ सहभागी गराउँदै आएको छ ।

सेन्ट लरेन्सका अध्यक्ष केशवप्रसाद दंगाल कलेजले स्थापनाकालदेखि नै विद्यार्थीको हातमा शैक्षिक योग्यताको प्रमाणपत्र मात्र होइन, आवश्यक सीप र दक्षता पनि दिँदै आएको बताउँछन् । ‘विद्यार्थी के पढ्न चाहन्छन् ? भविष्यमा के बन्न चाहन्छन् ? कुन विषयमा दक्षता हासिल गर्न चाहन्छन् ? हामीले उनीहरुका उपयुक्त परामर्श र मार्गदर्शन दिने गरेका छौं । यसले गर्दा उनीहरु अलमलमा पर्ने छैनन् र भविष्यको बाटो बिराउने छैनन् भन्ने हाम्रो बुझाई हो ।’ उनी भन्छन् ।

पढाई फगत प्रमाणपत्रका लागि मात्र होइन, जीवनका लागि हो ।

यहाँको शैक्षिक वातावरण, सिकाइ पद्धती विद्यार्थीमैत्री छ । शिक्षकहरुले विद्यार्थीलाई हरेक कुरामा सहजीकरण गर्ने मात्र नभई उनीहरुका लागि सही मार्गदर्शन दिने पनि गर्छन् । विद्यार्थीको रुची, क्षमता पहिल्याएर उनीहरुलाई भविष्यको लक्ष्य पहिल्याउन सहयोग गर्छन् । कलेजमा विद्यार्थीका लागि अनुकुल कक्षाकोठा, पुस्तकालय, प्रयोगशालादेखि खेलकुद संशाधनसम्मको पुग्दो व्यवस्था छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कलेजले उनीहरुलाई कला, साहित्य, मनोरञ्जन, खेलकुदमा पनि उत्तिकै प्रेरित गर्दै आएको छ । कलेजले अहिलेसम्म थुप्रै दक्ष जनशक्ति उत्पादन गरेर शैक्षिक योगदान पुर्याइरहेको छ ।

उच्च शिक्षाको उत्तम गन्तव्य

कक्षा ११ र १२ पछि कहाँ पढ्ने ? के पढ्ने ? यस्तै अन्यौलमा रहेका विद्यार्थीका लागि उपयुक्त रोजाइ हुनसक्छ, सेन्ट लरेन्स कलेज । यहाँ स्नातक तह अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालित छ । खासगरी त्रिभूवन विश्वविद्यालयको सम्बन्धनमा कलेजले बिआइटीदेखि बिबिएसम्मको कार्यक्रममा भर्ना लिने गरेको छ । कलेजमा बिएस्सी सिएसआइटी, बिसिए, बिबिएस, बिए/बिएसडब्ल्यु जस्ता शैक्षिक कार्यक्रम सञ्चालित छन्, जो आफ्नो रुची अनुसार छनौट गर्न सकिन्छ ।

प्रयोगात्मक र व्यवहारिक शिक्षा एवं जीवनोपयोगी सिकाई सेन्ट लरेन्सको मूख्य विशेषता हो ।

अध्यक्ष दंगाल भन्छन्, ‘तपाईंहरुले ढिला नगरी बुकिङ/भर्नाको अभियान सुरु गर्दा हुन्छ । सुरुको दिनमा भर्ना गर्दा पाइने सुविधाबाट पछिल्लो दिन वञ्चित पनि हुन सकिन्छ । किनभने आइटीमा कोटा प्रणाली छ । हामीले बिएस्सी सिएसआइटीमा ३६ जना विद्यार्थीलाई भर्ना लिन्छौं भने बिसिएमा ३५ जना । आकर्षक छात्रावृत्तिमा पढ्न चाहनुहुन्छ भने तपाईंहरुले ढिला नगरी कलेजको प्रशासनमा आएर आफ्नो कुरा राख्न सक्नुहुन्छ । हामीले तपाईंसँग आफ्नो कुरा राख्नेछौं । र, तपाईंको सुदूर भविष्यका लागि सारथी बन्न तयार छौं ।’

Logo