पढाइसँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने, पिनाकल एकेडेमी [भिडियाे]

पढाइसँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने, पिनाकल एकेडेमी [भिडियाे]

केन्द्रबिन्दु
336
Shares

अढाई दशक लामो शैक्षिक इतिहास बनाएको कलेज हो, पिनाकल एकेडेमी । यस शैक्षिक संस्थाले गरिमामय शैक्षिक यात्रा मात्र तय गरेको छैन, समयसँगै वैज्ञानिक पद्दतीबाट व्यवहारिक एवं जीवनोपयोगी शिक्षा दिइरहेको छ । त्यसैले विद्यार्थीको रुची र आकांक्षा अनुरुप भविष्य निर्माणका लागि दर्बिलो जग सावित भएको छ, यो कलेज ।

समर्पित शिक्षक समूह बलियो व्यवस्थापनले हाँकेको यस शैक्षिक संस्थाले स्थापनाकालदेखि अविछिन्न उत्कृष्ट नतिजा निकाल्दै आएको छ । विद्यार्थीमैत्री कक्षाकोठा, पुग्दो शैक्षिक स्रोत, प्रयोगात्मक पठन विधि यहाँका जग हुन्, जसको आधारमा कलेजले ठूलो छलाङ मारेको छ ।

शैक्षिक उपलब्धीको हिसाबले यस शैक्षिक संस्थासँग गर्विलो दस्ताबेज छ । जस्तो, तत्कालिन उच्च माध्यामकि शिक्षा परिषद्बाट लिइन् राष्ट्रिय स्तरको परीक्षामा तीन पटक नेपाल सर्वोत्कृष्ट गरेको थियो । यस्तै राष्ट्रिय परीक्षा बोर्डको स्थापना भइसकेपछि पनि २०७६ सालमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको थियो ।

विद्यार्थीको रुची र आकांक्षा अनुरुप भविष्य निर्माणका लागि दर्बिलो जग सावित भएको छ, पिनाकल एकेडेमी ।

तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद् (एचएसइबी) अन्तर्गत सञ्चालित प्लस टु को परीक्षामा शैक्षिक वर्ष २०६१/०६२ मा पिनाकल एकेडेमीका ६ जना विद्यार्थी देशभरमै उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए । २०६१/०६२ मै कक्षा ११ को परीक्षामा सुनिता घिमिरे र विश्वम्भर थापा दुवैले बराबर अंक ल्याई बोर्ड फस्र्ट भएका थिए । यस्तै कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजासहित बोर्ड फस्र्ट भएकी सुनिताले नेपाल विद्या पदक समेत पाएकी थिइन् ।

२०६४ सालको परीक्षामा रितेश प्रधानले शीर्ष १० मा आफूलाई पार्न सफल भए । यस्तै, २०६५ मा केशवराज पोखरेलले तत्कालीन एचएसइबीको परीक्षामा बोर्ड फस्र्ट बने । यहाँबाट अध्ययन गरेर गएका विद्यार्थीहरु चिकित्सा, इन्जिनियरिङ, विज्ञान जस्ता क्षेत्रमा आफूलाई दर्बिलोसँग स्थापित गरेका छन् ।

पिनाकलमा चार बर्षको आठ वटा सेमेस्टर सकिसक्दा विद्यार्थीले थुप्रै रिसर्च गरिसकेका हुन्छन् ।

यस कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायका कार्यक्रम सञ्चालित छन् । यस अन्तर्गत विज्ञान संकायमा २७५ जना, व्यवस्थापन संकायमा ४०० जना र मानविकी तथा कानुन संकायमा ४५/४५ जना विद्यार्थी भर्ना लिने गरेको छ ।

पिनाकलका बिबिएस र बिबिएम कार्यक्रम संयोजक निर्मल तिवारी आफूहरु रिसर्चमा आधारित रहेर पठनपाठन गराउने दाबी गर्छन् । चार बर्षको आठ वटा सेमेस्टर सकिसक्दा विद्यार्थीले थुप्रै रिसर्च हुने उनको भनाई छ ।

‘वास्तवमा बिबिएम र बिबिएस दुबै कोर्स उस्तै हो । उस्तै भएपनि स्पेशलाइजेशनको हिसाबले चाहिँ फरक हुन्छ । बिबिएसमा सामान्यत फाइनान्सियल स्पेशलाइजेशन, मार्केटिङ स्पशेलाइजेशन भन्ने हुन्छ । तर, बिबिएममा चाहिँ कुनै उद्योग वा क्षेत्रमा विशेषज्ञता हासिल गराउँछ । जस्तो कसैलाई बैंकिङमा होला, कसैलाई उद्यममा । यो नयाँ अपडेटेड र एड्भान्स कोर्स हो ।’ तिवारी भन्छन्, ‘यसअन्तर्गत हामी रिसर्चमा आधारित रहेर पठनपाठन गराउँछौं । चार बर्षको आठ वटा सेमेस्टर सकिसक्दा विद्यार्थीले थुप्रै रिसर्च गरिसकेका हुन्छन् ।’

ललितपुरको केन्द्र मानिने लगनखेलमा अवस्थित यो कलेजले पढाईका अतिरिक्त विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि जोड दिँदै आएको छ । कला, साहित्य, मनोरञ्जन, खेलकुदमा विद्यार्थीलाई प्रेरित गर्दै उपयुक्त वातावरण बनाइदिएको छ । त्यसैले त पिनाकलमा अध्ययन गरेका विद्यार्थीहरुले राजनीतिदेखि खेलकुद क्षेत्रसम्म ख्याती कमाइसकेका छन् ।

शैक्षिक मापनको हिसाबले पिनाकल जति उत्कृष्ट छ उत्तिकै गतिशिल छ खेलकुदतर्फ पनि । पिनाकलले आफ्ना विद्यार्थीलाई खेलकुदमा प्राथमिकताका साथ सहभागी गराउँदै आएको छ । यस शैक्षिक संस्थाले विदेशी प्रशिक्षकको प्रशिक्षणमा क्रिकेट टिम नै तयार पारेको छ ।

आफ्नै कलेजको छुट्टै क्रिकेट टिम तयार पार्नुका साथै ग्रेट हिमालय क्रिकेट क्लबसँग सहकार्य गरी क्रिकेटमा रुची राख्ने विद्यार्थीलाई प्रशिक्षण दिँदै आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मिलेर फुटबल खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको पिनाकलले पछिल्लो समय क्रिकेट खेलाडीलाई छात्रवृत्ति र प्रशिक्षणमा बढी लगानी गरिरहेको छ ।

शैक्षिक मापनको हिसाबले पिनाकल जति उत्कृष्ट छ उत्तिकै गतिशिल छ खेलकुदतर्फ पनि ।

राष्ट्रिय फूटबलर जुमानु राई, अनन्त तामाङले यहींको मैदानमा आफूलाई निखारेका हुन् । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, धावक अजित यादव यहींका उत्पादन हुन् । यस शैक्षिक संस्थाले विद्यार्थीलाई पढाई र अतिरिक्त गतिविधिका साथै सीप विकासमा पनि जोड दिँदै आएको छ । पढेका कुरा जीवनोपयोगी हुनुपर्छ र त्यसले जीवनलाई सहज बनाउनुपर्छ भन्ने मान्यताका साथ विद्यार्थीलाई कुनै न कुनै सीप सिकाउने र आयआर्जनका लागि अनुकुल वातावरण मिलाउने काम गरिरहेको छ ।

Logo