इन्जिनियर बन्ने सपना साकार पार्ने उत्तम शैक्षिक गन्तव्य, हिमालय कलेज अफ इन्जिनियरिङ [भिडियाे]

इन्जिनियर बन्ने सपना साकार पार्ने उत्तम शैक्षिक गन्तव्य, हिमालय कलेज अफ इन्जिनियरिङ [भिडियाे]

केन्द्रबिन्दु
112
Shares

धेरैको सपना हो, इन्जिनियर बन्ने । सामाजिक प्रतिष्ठाका कारण मात्र होइन, रोजगार बजारमा सधै उच्च माग हुने भएकाले पनि यसप्रति खास आकर्षण छ । नेपाल मात्र होइन, विश्वभर नै यस क्षेत्रमा पोख्त जनशक्ति सहजै खपत हुने गर्छ ।

त्यसैले त कक्षा १२ पछि इन्जिनियरिङ अध्ययनका लागि तयारी गर्ने युवाहरुको ठूलो जमात हुने गर्छ । उनीहरुलाई प्रवेश परीक्षामा कसरी उत्कृष्ट अंकका साथ उत्तिर्ण हुने कुराले मात्र दबाव दिएको हुँदैन । आफ्नो लक्ष्य अनुरुप उपयुक्त कलेज कसरी छनौट गर्ने भन्ने कुराले पनि द्विविधामा पार्ने गर्छ । यस्तै, स्थितीमा रहेका विद्यार्थीहरुको सही गन्तव्य हुन सक्छ, हिमालय कलेज अफ इन्जिनियरिङ ।

हिमालय कलेज अफ इन्जिनियरिङबाट उत्पादित जनशक्ति देश तथा विदेशका विभिन्न ठाउँमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम र सफल छन् ।

भनिहालौं, यो कलेजले त्रिभूवन विश्वविद्यालयको सम्बन्धनमा इन्जिनियरिङको पठनपाठन गराउँदै आएको छ । इन्जिनियरिङ अध्ययनका लागि त्रिविअन्तर्गतका कलेजहरु विद्यार्थीको पहिलो रोजाइमा पर्ने गर्छ ।

सन् २००० मा स्थापित हिमालय कलेज अफ इन्जिनियरिङले वर्तमान बजारले खोज्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । दर्बिलो व्यवस्थापन, परिपक्क शिक्षक समूहले हाँकेको कलेज हो यो । पर्याप्त शैक्षिक सामाग्री, अतिरिक्त सेवा सुविधा यसका थप आकर्षण हुन् । यहाँ यातायात, क्यान्टिन जस्ता सुविधा उपलब्ध छन् ।

विद्यार्थीमैत्री वातावरणमा यस कलेजले प्रयोगात्मक शिक्षा दिँदै आएको छ । विद्यार्थीले पढेका कुरालाई कसरी व्यवहारिक जीवनमा उपयोग गर्न सक्छन् भन्ने हेतुले शैक्षिक कार्यक्रमहरु तय गरिएका छन् । सोहीअनुसार विद्यार्थीलाई प्रयोगात्मक प्रणालीबाट पठनपाठन गराइन्छ । यसका साथसाथै विद्यार्थीको सर्वाङ्गीण विकासलाई टेवा पुर्याउने हिसाबले विभिन्न अतिरिक्त गतिविधिलाई पनि प्राथमिकता साथ सञ्चालन गरिँदै आएको छ । सेमिनार, कार्यशाला, तालिम, स्थलगत भ्रमण, प्रोजेक्ट वर्क जस्ता सिकाइलाई प्रभावकारी बनाउने शैक्षिक गतिविधिहरु अविछिन्न सञ्चालन गरिन्छ ।

हिमालयमा पढेका विद्यार्थीले विभिन्न क्षेत्रमा गरेको उल्लेखनिय प्रगतिले पनि कलेजको शैक्षिक जग कति बलियो छ भनी पुष्टि गर्छ ।

विद्यार्थीलाई पढाईका साथसाथै खेलकुद, कला मनोरञ्जनमा पनि प्रेरित गर्नुपर्छ भन्ने ध्येयले विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको छ । कलेजले प्रत्येक बर्ष अन्तर कलेज खेलकुद प्रतियोगिता अयोजना गर्छ । २०६५ मा काठमाडौंमा भएको इन्टर इन्जिनियरिङ कलेज प्रतियोगितामा यसै कलेजका रोबोटिक्स टोलीले प्रथम स्थान (ग्राण्ड प्रिक्स) प्राप्त गरेको थियो । यहाँका विद्यार्थीहरूले सन् २०११ र २०१३ मा भारतको आईआईटी मुम्बईले आयोजना गरेको टेक फेस्टमा भाग लिएका थिए। यस क्लबले नेपालमा हुने धेरै रोबोटिक्स प्रतियोगिताहरूमा पनि सक्रिय रूपमा भाग लिने गरेको छ ।

यहाँ स्नातक तहअन्तर्गत बिई कम्प्युटर, बिई इलेक्ट्रोनिक्स, कम्युनिकेशन एन्ड इन्फर्मेशन, बि आर्किटेक, बिई सिभल, ब्याचलर अफ कम्प्युटर एप्लिकेशन, बिएस्सी सिएसआइटी जस्ता कार्यक्रम संचालित छन् ।

विद्यार्थीले पढेका कुरालाई कसरी व्यवहारिक जीवनमा उपयोग गर्न सक्छन् भन्ने हेतुले शैक्षिक कार्यक्रमहरु तय गरिएका छन् ।

ललितपुरको च्याससलमा अवस्थित यस कलेज आउजाउ गर्नका लागि मात्र सहज छैन, उत्तिकै सुविधायुक्त पनि छ । कलेज परिसर १९ रोपनी क्षेत्रफलमा फैलिएको छ । सात तले भवनमा अन्यपाँच वटा प्रयोगशाला छन् ।

कलेजले विद्यार्थीलाई आजको युग सुहाउँदो गुणस्तरीय र जीवनोपयोगी शिक्षा दिनका साथै भविष्यका लक्ष्यहरु पहिल्याउन पनि सहयोग गर्छ । यहाँ पढेका विद्यार्थीले विभिन्न क्षेत्रमा गरेको उल्लेखनिय प्रगतिले पनि कलेजको शैक्षिक जग कति बलियो छ भनी पुष्टि गर्छ । हिमालय कलेज अफ इन्जिनियरिङबाट उत्पादित जनशक्ति देश तथा विदेशका विभिन्न ठाउँमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम र सफल छन् ।

Logo