मुगु जिल्ला ६५औं साक्षर जिल्ला घोषणा

मुगु जिल्ला ६५औं साक्षर जिल्ला घोषणा

केन्द्रबिन्दु
56
Shares

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा रहेका चारवटा स्थानीय सरकारहरुले साक्षर पालिका घोषणा गरेपछि मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसहित सरोकारवालाहरुले सामुहिक रुपमा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिए पनि स्थानीय सरकारहरुले १२ सूचकहरु मध्य ६ सुचक पूरा गरेका छन् बाँकी रहेका ६ वटा सूचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम, योजना बनाउदा ध्यान दिन सुझाव दिएका छन् ।

नागरिक अगुवा रुप बहादुर मल्लले साक्षर घोषणामा मात्र सिमित नराखेर अबदेखि आफ्ना व्यवहार,आचरण र कृयाकलापमा पनि साक्षरताको रुप देखाउनुपर्ने बताए । मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।

Logo