त्रिविमा २०५८ सालयताका समय सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर

त्रिविमा २०५८ सालयताका समय सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर

केन्द्रबिन्दु
588
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले समय सीमा कटेका कारण परीक्षा दिन नपाएका विद्यार्थीहरूलाई यसपालि मौका परीक्षाको अवसर दिएको छ ।

जसअनुसार समय सीमा कटेका कारण परीक्षा दिन नपाएका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका हुन् ।

त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राध्यापक डा खड्ग केसीको अध्यक्षतामा यस विषयमा सोमबार बैठक बसेको थियो । बैठकले वार्षिक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो ।

मौका परीक्षामा त्रिविअन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरू सहभागी हुन पाउने सूचनामा उल्लेख छ । उनीहरूले एकपटकका लागि मौका परीक्षाको अवसर पाउने भएका हुन् ।

बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ ।

Logo