प्याब्सन अध्यक्षका प्रत्यासी डिके ढुंगानाको यस्तो दाबी (भिडियोमा)

प्याब्सन अध्यक्षका प्रत्यासी डिके ढुंगानाको यस्तो दाबी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना अब केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १३ औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढुंगाना अब अध्यक्षको उम्मेदवार बन्न लागेका हुन् ।

प्याब्सनको चैत्र २८ र २९ गते हुन लागेको १४ औं महाधिवेशनमा उनी अध्यक्षका प्रत्यासी बनेका हुन् । उनले प्याब्सनको जिल्लास्तरीय पददेखि अहिले वरिष्ठ उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

आफु प्याब्सनको अध्यक्षमा निर्वाचित भए शिक्षाको क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता रहेको छ । शिक्षालाई निरुत्साहित गर्दा मुलुक ५० वर्ष पछि पर्ने उनको दाबी छ ।

आफुले चुनाव जितेमा सबै विद्यालयहरु सुरक्षित महशुस गर्ने दाबी गर्दै उनले भने, ‘चुनाव जितिन भने मेरो व्यवसाय सफल हुन्छ । किनकी आफ्नो व्यवसायलाई धेरै समय दिन पाउँछु ।’

Logo