‘एस एक्सप्रेसन्स २०२४’ अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न, शीर्ष तीन छनोट हुने

‘एस एक्सप्रेसन्स २०२४’ अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न, शीर्ष तीन छनोट हुने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजको आयोजनामा हुन गइरहेको नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु भइरहेका छन् । जसअन्तर्गत आज सानेपामा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । यसका लागि विभिन्न ६ कलेजका प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।

यस नृत्य प्रतियोगिताबाट भोटिङका आधारमा शीर्ष तीन प्रतियोगी छनोट हुनेछन् । उनीहरुले २८ सेप्टेम्बरमा भृकुटीमण्डपमा हुने इभेन्टमा राष्ट्रिय स्तरका कलाकारहरु अभिष्कार केसी, श्रिगो, पहेलो बत्ती मुनी, सुसान्त घिमिरे, रचना दाहाल र जोन चाम्लिङ राईसँग पर्फम गर्ने मौका पाउने इभेन्टका मार्केटिङ हेड आदेश गुरुङले जानकारी दिए ।

‘एस एक्सप्रेसन्स २०२४’ इभेन्टका लागि १० वटा विधामा सव-इभेन्टहरु हुनेछन् । यसमा नृत्य प्रतियोगितासहित फेशन शो, टीभीसी, डीभीसी, स्टक सिमुलेसन, स्ट्रेस इन्टरभ्यू, किव्ज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता पनि हुनेछन् । यो इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुन्छ । यसले विद्यार्थीहरुलाई सिक्ने, बढ्ने र उत्कृष्टता हासिल गर्ने अवसरहरु प्रदान गर्ने विश्वास लिइएकाे छ ।

Logo