एभरेष्ट कलेजका विद्यार्थी यसरी भए दीक्षित (भिडियोमा)

एभरेष्ट कलेजका विद्यार्थी यसरी भए दीक्षित (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

गुणस्तरिय शिक्षाको लागि अब्बल एभरेष्ट कलेजले आफ्ना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । एभरेष्ट कलेजले स्नातक तह उर्तिण विद्यार्थीहरुको सुखद भविश्यको कामना गर्दै दीक्षित गरेको हो ।

बिहीबार होटल याक एण्ड यतिमा आयोजित उक्त कार्यक्रममा स्नातक तहमा अध्ययन गरिसकेका विद्यार्थी दीक्षित भएका हुन् ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेष्ट कलेजमा विभिन्न विषयमा पढाई भईरहेको छ । यसमा एमबिएस, बिबिएस, बिबिएम र बिबिए पढाई हुँदै आएको छ ।

एभरेष्ट कलेजमा बिबिए, बिबिएस र एमबिस अध्यापन हुने गरेको छ। कलेज संचालन गरेको २० वर्ष पुरा भइसक्यो। बिबिए र बिबिएस चार वर्षे तथा एमबिएस दुई वर्षे कोर्श एभरेष्ट कलेजमा छ ।

त्रिविका व्यवस्थापन संकाय डिन प्रा.डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्य तथा कलेजका सिईओ विष्णुहरी पाण्डेको सभापतित्वमा सम्पन्न दीक्षान्त समारोहमा चार वर्ष अध्ययन गरी बिबिए उर्तिण  विद्यार्थीहरुलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि प्रा.डा. शर्माले व्यवस्थापन शिक्षाका क्षेत्रमा एभरेष्ट कलेजले २० वर्षदेखि अध्यापन गराउँदैं आएको भन्दै प्रशंसा गरेका थिए । कलेजद्धारा प्रदान गरिएको शिक्षा गुणस्तरिय र व्यवहारिक रहेको बताए ।

कार्यक्रममा सिईओ पाण्डेले चार वर्षको अवधीमा विद्यार्थीहरुलाई कलेजले दक्ष बनाउने जिम्मेवारी पुरा गरेको भन्दै सबैलाई धन्यवाद प्रदान गरे ।

Logo