राहत तथा बाल विकास शिक्षकहरुको शैक्षिक हड्ताल फिर्ता

राहत तथा बाल विकास शिक्षकहरुको शैक्षिक हड्ताल फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आन्दोलनरत राहत तथा बाल विकास शिक्षकहरुले घोषणा गरेको शैक्षिक हड्तालको कार्यक्रम फिर्ता लिएका छन् । चौतर्फी चर्को दवाव आएपछि उनीहरुले आन्दोलनको कार्यक्रम अन्र्तगत शैक्षिक हड्ताल फिर्ता लिएका हुन् । तर आन्दोलन भने यथावत राखिएको छ ।

बुधवार एक विज्ञप्ती जारी गर्दै नेपाल राहत तथा बाल विकास शिक्षक केन्द्रीय समितिले फागुन २१ गतेको लागि घोषणा गरेको आम राष्ट्रिय शैक्षिक हड्ताल फिर्ता लिएको हो ।

समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा शैक्षिक हड्ताल फिर्ता लिएपनि अन्य आन्दोलनका कार्यक्रमहरु भने यथावत रहेको जनाइएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ– ‘विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई मध्यनजर गरी आम शैक्षिक हड्तालको कार्यक्रम फिर्ता गरिएको छ । ‘

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।

अहिले ति शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गर्दै आएका छन् । आफ्नो स्थायीत्वको माग गर्दै माईतिघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका छन् । आन्दोलनक्रै क्रममा सोमबार सिंहदरबारको निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

Logo