शिक्षा मन्त्रालयले भन्यो– आजदेखि तीन दिन विद्यालय बन्द गर्नुस्

शिक्षा मन्त्रालयले भन्यो– आजदेखि तीन दिन विद्यालय बन्द गर्नुस्

केन्द्रबिन्दु
840
Shares

काठमाडौँ । सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरूलाई आग्रह गरेको छ ।

शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपद्सम्बन्धी आकस्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन विद्यालय बिदा गर्न पालिकाहरूलाई अनुरोध गरेको हो ।

मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा पनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ । बैठकले विश्वविद्यालयलगायत सबै शैक्षिक संस्थाको परीक्षा स्थागन गरी परिवेश अनुमान गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो ।

Logo