शिक्षामन्त्रीमाथि नै खनिए राहत शिक्षक (भिडियोमा)

शिक्षामन्त्रीमाथि नै खनिए राहत शिक्षक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्थायीको माग गर्दै देशभरका राहत तथा बाल विकास शिक्षकहरु आन्दोलनमा छन् । देशभरका राहत, बालबिकास र अन्य शिक्षकहरु आफ्नो स्थायीत्वको माग राख्दैं काठमाडौं केन्द्रीत आन्दोलनमा होकिएका हुन् ।

आन्दोलनकै क्रममा सोमबार प्रहरीले हस्तक्षेप गर्दा धेरै शिक्षक शिक्षिकाहरु घाइते भएका थिए । उनीहरुमध्ये अहिलेपनि दुई दर्जन शिक्षकहरु उपचारको क्रममा रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिले जनाएको छ । राज्यले आफुहरुको माग सुनुवाई गर्नुको साटो बल प्रयोग गरेर दमन गर्न खोजेको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।

शिक्षकहरुले थालेको आन्दोलनमा राज्यबाटै घुसपैठ गराईएको भन्दै उनीहरुले आपत्ति जनाए । हाल कार्यरत राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतः स्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित गरिने प्रस्तावित प्रावधानमा उनीहरुले आपत्ति जनाएका हुन् ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आन्दोलनरत शिक्षकहरुलाई आन्दोलन नगर्न चेतावनी दिएका थिए । शिक्षकको काम आन्दोलन गर्ने नभई शिक्षा दिने भएको बताएका थिए । आन्दोलनरत शिक्षकहरुले शिक्षामन्त्री पोखरेललाई आफुहरुको कतव्र्य नबुझाउन भनेका छन् ।

Logo