शिक्षकले पढाउने हो, आन्दोलन गर्ने होइन : शिक्षा मन्त्रालय

शिक्षकले पढाउने हो, आन्दोलन गर्ने होइन : शिक्षा मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षकले पठनपाठनमा अवरोध गर्न नहुने भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको हो ।

वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

निर्वाध पठनपाठन र विद्यालय सञ्चालनको वातावरणका लागि पहल अघि बढाउन पनि स्थानीय तहलाई मन्त्रालयले स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्‍न सेवा सुविधा र स्थायी गर्नुपर्ने माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको जनाइएको छ । विज्ञप्तिमा विधेयक बन्‍ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गित भएर आन्दोलित नहुन सम्बन्धित पक्षलाई आह्वान पनि गरेका छन् ।

Logo