युग सुहाउँदो एवं जीवनोपयोगी शिक्षा आर्जन गर्नका लागि सही गन्तव्य, नेपाल काष्ठमण्डप कलेज

युग सुहाउँदो एवं जीवनोपयोगी शिक्षा आर्जन गर्नका लागि सही गन्तव्य, नेपाल काष्ठमण्डप कलेज

केन्द्रबिन्दु
70
Shares

शिक्षामा समर्पित, चुस्त र दूरदर्शी व्यवस्थापनले तयार गरेको उर्बर धरातल हो, नेपाल काष्ठमण्डप कलेज । यस शैक्षिक संस्थालाई अनुभवी एवं रचनात्मक शिक्षक समूहले गतिशिल मात्र तुल्याएको छैन उत्तिकै रहरलाग्दो नतिजा पनि दिलाएको छ ।

समाजको अनुभव र आवश्यक्तालाई सम्बोधन गर्दै यस कलेजले शिक्षामा उत्तरदायी भूमिका निर्वाह गर्दै आएको छ । त्यसैले त वर्तमान युग सुहाउँदो एवं जीवनोपयोगी शिक्षा आर्जन गर्नका लागि यो कलेज सही प्लेटफर्म भएको छ । यहाँ विद्यार्थीहरुले आफ्नो रुची र लक्ष्य पहिल्याउँदै भविष्यका मार्गरेखा कोर्न सक्छन् ।

काष्ठमण्डपको नारा नै छ, ‘तपाईंको कलेज तपाईंको भविष्य ।’

विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र मात्र दिने होइन, उत्तिकै जिम्मेवार, कुशल, सुयोग्य र आत्मनिर्भर नागरिक बनाउनुपर्छ भन्ने मूल ध्येयले यस कलेजका कार्यक्रमहरु तय गरिएका छन् । त्यस अनुरुप विद्यार्थीले यहाँ प्रयोगात्मक र व्यवहारिक शिक्षा त पाउँछन् तै त्यससँगै सीप अनि संस्कारले सुशोभित हुने अनुकुलता पनि प्राप्त गर्छन् । यस शैक्षिक संस्थाले पढाईका साथसाथै विद्यार्थीलाई नैतिक र आध्यात्मिक गुण विकास गर्न मागर्दशन गर्छ । यस किसिमको शिक्षाले स्वयम् व्यक्ति मात्र लाभान्वित हुने होइन, समाज, राज्य र समग्र जगतकै भलो गर्न प्रेरित गर्छ ।

शिक्षामा समर्पित, चुस्त र दूरदर्शी व्यवस्थापनले तयार गरेको उर्बर धरातल हो, नेपाल काष्ठमण्डप कलेज ।

दबाव भन्दा पनि प्रेरणादायी वातावरणमा विद्यार्थीले यहाँ पठनपाठन गर्न सक्छन् । विद्यार्थीले जान्न चाहेको र जान्नुपर्ने कुरामा शिक्षकहरु हार्दिकतासाथ सहजीकरण गरिदिन्छन् । विद्यार्थीमैत्री कक्षाकोठा, प्रयोगात्मक पठन विधि, पर्याप्त शैक्षिक संशाधन र सुविधायुक्त भौतिक संरचनाले यस कलेजको पठन संस्कारलाई प्रभावकारी तुल्याएको छ ।

अहिलेको रोजगार बजारले खोज्ने प्रतिस्पर्धी जनशक्ति तयार गर्न सधै कटिबद्ध यस कलेजले नयाँ नयाँ स्रोतहरुको खोजी र प्रयोग गर्दै पठनपाठन गराउँदै आएको छ । गोष्ठि, सेमिनार, छलफल, स्थलगत भ्रमण, अवलोकनको माध्याम अपनाउँदै विद्यार्थीलाई जीवनोपयोगी ज्ञान दिदै आएको छ । यहाँको शैक्षिक वातावरणमा विद्यार्थीहरुले सहज एवं सहज ढंगबाटै नयाँ नयाँ कुरा सिक्न सक्छन् । विद्यार्थीलाई ज्ञान र जानकारीको भण्डार मात्र बनाउने होइन, बरु रचनात्मक क्षमताको विकास गराउनुपर्छ भन्ने उदेश्यले यहाँको शैक्षिक कार्यक्रम सञ्चालित छन् ।

अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ ।

यस कलेजले गुणस्तरिय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दैै आएको छ । अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ । पढाईपछि रोजगार र उद्यमशिलताका लागि सहजीकरण गरिरहेको छ ।

यहाँ कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन हुने गरेको छ । काष्ठमण्डपले स्नातकमा व्याचरल अफ विजनेस स्टडिज, व्याचलर अफ कम्प्युटर एप्लिकेसन्स र स्नातकोत्तरमा मास्टर इन बिजनेस स्टडिजको कार्यक्रम संचालन गरिरहेको छ ।
यस कलेज काठमाडौंको कलंकीमा अवस्थित छ । आधुनिक एवं सुविधाजनक पूर्वाधारले युक्त यो कलेज शहरको भीडभन्दा अलग एवं शान्त ठाउँमा रहेको छ । काष्ठमण्डपको नारा नै छ, ‘तपाईंको कलेज तपाईंको भविष्य’ । यसैलाई आत्मसात गर्दै गुणस्तरिय शिक्षाका साथसाथै अतिरिक्त गतिविधिमा विद्यार्थीलाई प्राथमिकतासाथ सहभागी गराउँदै आएको छ ।

पठनपाठनका लागि पर्याप्त शैक्षिक स्रोत, सहज सिकाई पद्धती, विद्यार्थीमैत्री वातावरण, प्रेरणादायी शैक्षिक गतिविधिले यस कलेजलाई विद्यार्थीका लागि आकर्षक गन्तव्य बनाएको छ ।

Logo