शिक्षकहरुमाथि प्रहरीद्धारा लाठीचार्ज र पानीको फोहोरा प्रहार

शिक्षकहरुमाथि प्रहरीद्धारा लाठीचार्ज र पानीको फोहोरा प्रहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्थायीको माग गर्दै आन्दोलनमा उत्रिएका राहत तथा बालविकास शिक्षकको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । माईतिरघ मण्डलामा विरोध प्रदर्शन गरिरहेका शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई तितरविरत पारेको हो ।

माईतिघर मण्डलाबाट शुरु शिक्षकको प्रदर्शन संघीय संसद भवन तिर जाँदै गर्दा प्रहरीले विजुली बजारमा रोकेको थियो । धकेला धकेल गर्दै शिक्षकको प्रदर्शन अघि बढेपछि बानेश्वर चोक नपुग्दै प्रहरीले हस्तक्षेप गरेको हो ।

निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रहरीले आग्रह गर्दा पनि प्रदर्शन अघि बढेपछि प्रहरीले पानीको फोहोरा हानेर तितरवितर बनाएको हो । प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रहरीको लाठी लागेर २ दर्जन शिक्षक घाइते भएका नेपाल राहत शिक्षक समितिका अध्यक्ष खेम अधिकारीले जानकारी दिए ।

शिक्षा मन्त्रीले प्रहरी प्रशासन लगाएर आफूहरुलाई दवाउन खोजेको भन्दै उनले आपत्ति जनाए । हाल कार्यरत राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतः स्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । देशभरबाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका छन् ।

ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित गरिने प्रस्तावित प्रावधानमा उनीहरुले आपत्ति जनाएका हुन् ।

Logo