अरुणिमाकोे ३४ औं स्थापना दिवस सम्पन्न

अरुणिमाकोे ३४ औं स्थापना दिवस सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानको ३४ औं स्थापना दिवस सम्पन्न भएको छ । आरुवारीमा २०४२ सालमा स्थापना भएको प्रतिष्ठनले स्थापना दिवस तथा स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

गुठियारहरुको सहयोगमा शैक्षिक गुठीका रुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा.वि., महाँकाल स्थापना गर्न सफल भएको छ ।

स्थापना दिवसको अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व तर्फ मिक्सु लामा र ठूलीमाया रिसाल, बरिष्ठ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता बिजय चालिसे र शिक्षक तथा कर्मचारीका तर्फबाट विद्यालय सेवामा २० वर्षे कार्यकाल बिताएका तेज प्रकाश ढुङ्गेललाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि विश्व बिद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको विकासमा अतुलनीय योगदान पु¥याउँदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने कामना व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्येमा आउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरू प्रति धन्यवाद ज्ञापन गरे । आगामी दिनमा प्रतिष्ठानका विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्ति गरे ।

Logo