अन्ततः स्ववियु निर्वाचन फागुनमा नहुने पक्का

अन्ततः स्ववियु निर्वाचन फागुनमा नहुने पक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन फागुनमा नहुने भएको छ । आगामी १८ फागुनमा स्ववियुको कार्यकाल सकिने भएपनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको हो । उसले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न लागेको हो ।

१८ फागुन ०७३ मा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो । त्रिवि रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले तयारी गर्नुपर्ने भएकाले फागुनमै स्ववियु निर्वाचन गर्न नसकिने प्रस्ट पारे । सबै विद्यार्थी संगठनलाई निर्वाचनमा सहभागी गराउने गरी चैतमा निर्वाचन गर्ने पनि उनले बताए । कुनै संकायको परीक्षा नपर्नेगरी चाँडै कार्यतालिका सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन् ।

Logo