पीडित बिद्यार्थीहरुल़ाई न्याय दिन मर्सी एजुकेशनका सञ्चालक अष्ट्रेलियामा

पीडित बिद्यार्थीहरुल़ाई न्याय दिन मर्सी एजुकेशनका सञ्चालक अष्ट्रेलियामा

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी)मा अध्ययनरत बिद्यार्थीहरुलाई न्याय दिलाउन मर्सी एजुकेशनका सञ्चालक राम टण्डन अष्ट्रेलिया पुगेका छन्।

विद्यार्थीको समस्याप्रति आफुहरु गम्भिर रहेको भन्दै समाधानका बिषयमा छलफल भइरहेको उनले जानकारी दिए। आफु सम्पर्कविहिन भएको भन्ने हल्ला निराधार रहेको स्पष्ट पार्दै उनले भने, ‘विद्यार्थीको समस्या समाधान गर्न सबै गम्भिरताका साथ लागेका छौँ।’

क्याम्पसका डाइरेक्टर फियोनाले पनि विद्यार्थीको समस्या छिट्टै समाधान हुने बताइन् । टण्डनलगायत एआईबिटिमा विद्यार्थी पठाउने प्रायः सबै शैक्षिक परामर्श व्यवसायीहरुले आफ्नो बिद्यार्थीहरुको समस्या समाधान गर्न प्रयासरत रहेको बताएका छन् । साथै शैक्षिक परामर्श व्यवसायीका विभिन्न छाता संगठनहरुले पनि यस विषयमा चासो देखाएका छन्।

कलेजलाई अष्ट्रेलियन क्वालिटि अथिरिटि (अस्क्वा)ले सम्बन्धन नदिएपछि नेपाली बिद्यार्थीहरुले न्याय दिलाउन आग्रह गरेका थिए ।

Logo