बिन्दु शर्माका दुई कृतिको एकैपटक लोकार्पण

बिन्दु शर्माका दुई कृतिको एकैपटक लोकार्पण

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

साहित्यकार बिन्दु शर्माका २ वटा कृतिहरुको शनिबार एकैसाथ लोकार्पण गरिएको छ । राजधानीको आरआर क्याम्पसमा आयोजित एक कार्यक्रमका विच ती कृतिहरुको लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा.सुधा त्रिपाठी, साहित्यकार ज्ञानु अधिकारी , शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेल लगायतले शर्माका कृतिहरुको लोकार्पण गर्नु भएको थियो । आज सार्वजनिक गरिएका कृतिहरुमा ओक्कल दोक्कल पिपल पात कविता संग्रह र नेपाली समालोचनाका नवीन आयाम समालोचना रहेका छन् ।

समालोचक ज्ञानु अधिकारीले कविता संग्रहमाथी समीक्षा गर्दै शर्माको पहिलो कविता संग्रह भएपनि निकै शसक्त भएको र यसले समाजमा व्याप्त नारी शोषणको घतलाग्दो तरिकाले चित्रण गरेको बताउनु भयो । कविता लेख्न सजिलो छैन तर कविताको पहिलो प्रयासमै कवि यसमा तिखारिनु भएको अधिकारीको टिप्पणी थियो । त्यसैगरि अर्का समीक्षक केशव सिलवालले पनि कवितामा अटाएका विविध विषय माथी टिप्पणी गर्नु भएको थियो ।

आज सार्वजनिक समालोचना माथी समीक्षा गर्दै डा. अशोक थापाले शर्माको समालोचना शैलिमा देखिएका राम्रा तथा केही कमजोरीहरु औल्याउनु भएको थियो । प्रमुख अतिथी डा.सुधा त्रिपाठीले विन्दु शर्माले कवितामा व्यक्त गर्नु भएका भावहरु निकै कठोर र निर्भिक रहेको प्रतिक्रिया दिनु भएको थियो । उहाँले लेखक शर्मालाई सकारात्मक अर्थका छुच्ची लेखकको रुपमा व्याख्या गर्नु भएको थियो । कार्यक्रम शिखा बुक्स र तन्नेरी द्वैमासिक पत्रिकाले आयोजना गरेको थियो ।

Logo