सेन्ट लरेन्सकी गंगा पुरीले मिस हेरिटेज इन्टरनेसनल नेपालमा जितिन् ‘मोस्ट इन्स्पायरिङ’ उपाधि

सेन्ट लरेन्सकी गंगा पुरीले मिस हेरिटेज इन्टरनेसनल नेपालमा जितिन् ‘मोस्ट इन्स्पायरिङ’ उपाधि

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । काठमाडौंको चाबहिलमा अवस्थित सेन्ट लरेन्स कलेजकी छात्रा गंगा पुरीले ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२४’ अन्तर्गत ‘मोस्ट इन्स्पायरिङ’ विधामा उपाधि हासिल गरेकी छन् ।

ग्रिन आर्ट मिडियाद्वारा आयोजित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पुरीले ‘मोस्ट इन्स्पायरिङ’ उपाधि जितेकी हुन् । जितपछि खुशी व्यक्त गर्दै उनले भनेकी छन्, “मोस्ट इन्स्पायरिङ’ उपविधाको उपाधि पाएकोमा खुसी छु र यसले मलाई भविष्यमा अझै राम्रो गर्न प्रेरित गरेको छ।”

यस प्रतियोगिताले ‘पब्लिक स्पिकिङ,’सेल्फ कम्फिडेन्स’ र ‘प्रिजेन्टेसन’ जस्ता अमूल्य सीपहरू सिकाएकाे उनकाे भनाई थियाे ।

पुरीलाई हौसला प्रदान गर्नका लागि कलेजका अध्यक्ष केशवप्रसाद दंगाल र प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदी पनि कार्यक्रममा उपस्थित थिए । यसमा विद्यार्थीहरूको सर्वपक्षीय विकासमा सधैँ जोड दिँदै आएकाे कलेज प्रशासनले पनि खुसी व्यक्त गरेको छ।

Logo