कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ २५ र २६ गते लिएको कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

प्रकाशित नतिजा अनुसार ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएकामा ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् ।

पूरक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्र आवेदन दिनुपर्ने बोर्डले जनाएको छ ।

Logo