ब्रिटिश काउन्सिलद्वारा उत्कृष्ट आईएलटीएस रजिस्ट्रेसन एजेन्टहरू पुरस्कृत

ब्रिटिश काउन्सिलद्वारा उत्कृष्ट आईएलटीएस रजिस्ट्रेसन एजेन्टहरू पुरस्कृत

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । ब्रिटिश काउन्सिल नेपालले काठमाडौँको द सोल्टी होटेलमा आईएलटीएस पार्टनर समिटको कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमले युवा नेपाली विद्यार्थी र पेशाकर्मीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र करियर विकासका अवसरहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्ने योगदानको स्मरण गर्दै आईएलटीएस साझेदारहरूलाई एकताबद्ध गरेको जनाएको छ ।

कार्यक्रमले ब्रिटिश काउन्सिल र आईएलटीएस साझेदारहरूबीचको मजबुत सम्बन्धलाई झल्काउँदै यसले नेपालीहरूलाई विभिन्न विषयहरूमा अन्तर्राष्ट्रिय योग्यता हासिल गरेर नेपालमा शिक्षाका अवसरहरू अभिवृद्धि गर्नेसामहिक प्रतिबद्धतालाई सुदृढ बनाएको बताइएको छ ।

कार्यक्रमले अप्रिल २०२३ देखि मार्च २०२४ सम्म आईएलटीएस परीक्षामा असाधारण समर्पण र योगदान प्रदर्शन गर्ने उत्कृष्ट साझेदारहरूलाई सम्मान गरेको हो । कार्यक्रमको अवसरमा ‘आईएलटीएस उपहार अभियान’ को दोस्रो सिजन पनि सुरु गरियो । यो रोमाञ्चक अभियानमा प्रत्येक महिना एक विशेष बम्पर पुरस्कार सहित एप्पल म्याकबुक एयर पुरस्कार प्रदान गरिन्छ । बम्पर पुरस्कारमा टर्किस एयरलाइन्सद्वारा प्रायोजित संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका लागि दुई एकतर्फी टिकटहरू समावेश छन् ।

बम्पर पुरस्कारमा अष्ट्रेलियाका लागि एकतर्फी टिकट पनि समावेश छ, जुन टर्किस एयरलाइन्स बाहेक कुनै पनि एयरलाइनबाट प्राप्त गर्न सकिन्छ । यो अभियानले ब्रिटिश काउन्सिल र टर्किस एयरलाइन्स बीचको महत्त्वपूर्ण सहकार्यलाई दर्शाउँछ, जसले पुरस्कार प्रस्तावहरू र आईएलटीएस परीक्षार्थी लिनेहरूको लागि अनुभवलाई थप समृद्ध बनाउने बताइएको छ ।

यस अभियानमा सहभागी हुनका लागि ब्रिटिश काउन्सिलमा आईएलटीएस बुक गर्न र भुक्तानी गर्न आवश्यक छ । यो अफर अक्टोबर २०२४ देखि सुरु हुने कुनै पनि परीक्षा मितिहरूका लागि २६ सेप्टेम्बर र ३० नोभेम्बरको बीचमा भुक्तानी गरिएका सबै पेपर र कम्प्युटर रेजिस्ट्रेसन आईएलटीएसको लागि मान्य हुनेछ ।

कार्यक्रममा काठमाडौंस्थित बेलायती दूतावासका राजनीतिक प्रमुख म्याट वाल्टर्सले भने, “२०० वर्ष भन्दा बढीको साझेदारीमा नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्ध वास्तवमै असाधारण छ । शिक्षाले विशेष गरी युवाहरूमाझ गहिरो मित्रता बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । अंग्रेजी भाषाले यहाँ र विदेशमा धेरै अवसरहरूको ढोका खोल्छ र संयुक्त अधिराज्य हाम्रा विश्व–प्रसिद्ध संस्थाहरू र योग्यताहरूमा गर्व गर्दछ । हामी नेपाली विद्यार्थीहरूले संयुक्त अधिराज्य छनोट गरेकोमा पनि गर्व गर्छौं, जसमध्ये धेरैले अर्थतन्त्रको विकासमा मद्दत गर्न बहुमूल्य सीप लिएर फर्कन्छन् ।”

यस अवसरमा दक्षिण एसिया शिक्षा निर्देशक, नेपालका कार्यवाहक देशीय निर्देशक साल्भाडोर लोपेज कार्बाजलले भने, “परीक्षा र मूल्याङ्कनमा उत्कृष्टताका लागि परिचित संस्था ब्रिटिश काउन्सिलको प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हा े। हामीले वर्षौंदेखि निर्माण गरेको विश्वास आईएलटीएस जस्ता परीक्षाहरू व्यवस्थापन गर्ने मात्र नभई युवाहरूलाई सफल हुने उपकरणहरू प्रदान गरेर जीवन परिवर्तन गर्नु पनि हो । हामीले औपचारिक शिक्षा, व्यावसायिक तालिम र कला तथा संस्कृतिको अभिवृद्धिमा केन्द्रित भएर ६५ वर्षभन्दा बढी समयदेखि नेपाललाई निरन्तर साथ दिइरहेका छौं । सरकार र हाम्रा साझेदारहरूसँगको सहकार्यले नेपाली युवालाई भविष्यका चुनौतीहरू सम्बोधन गर्न, उनीहरूको समुदायमा योगदान गर्न र नेपालको विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने अवसरहरू सिर्जना गर्न सक्षम बनाउँछ।”

देशीय परीक्षा निर्देशक, ब्रिटिश काउन्सिल नेपालका प्रतिष्ठा थापा रायमाझीले कार्यक्रममा उत्साह व्यक्त गर्दै भनिन्, “उत्कृष्ट प्रदर्शन र ब्रिटिश काउन्सिलप्रतिको योगदानलाई सम्मान गर्ने उत्सवको साँझमा हाम्रा सबै साझेदारहरू र सरोकारवालाहरूलाई एकसाथ ल्याउन पाउँदा हामी अत्यन्त हर्षित छौं। नेपालका युवालाई सशक्तिकरण गर्ने उनीहरूको प्रतिबद्धताले रूपान्तरणका अवसरहरूको ढोका खोल्छ र हामी मिलेर उज्ज्वल भविष्य निर्माण गरिरहेका छौं।”

कार्यक्रममा विभिन्न विधामा जम्मा २९ वटा पुरस्कारहरू प्रदान गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने संस्था ईक्यान थियो र उत्कृष्ट प्रदर्शन गर्ने संस्थान (प्लाटिनम पार्टनर) अर्बिट मेडिकल इन्ट्रान्स प्रा. लि. थियो।

Logo