युवतीमाथि यौन दुव्र्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बित

युवतीमाथि यौन दुव्र्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले युवतीमाथि यौन दुव्यर्वहार गर्ने एक सहायक डिनलाई निलम्बन गरेको छ । बुधबार बेलुका बसेको त्रिवि कार्यकारी परिषद्को आकस्मिक बैठकले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको हो ।

एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेपछि त्रिविले जिम्मेवारीबाट हटाएको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए ।

बुधबार त्रिविमा ट्रान्सक्रिप्ट बनाउन आएकी बर्दियाकी एक युवतीलाई यौन दुव्र्यवहार गरेका थिए । दुव्र्यवहारपछि विद्यार्थी संगठनहरुले साहमाथी कालोमोसो दल्नुका साथै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

प्रहरी अनुसन्धानलाई सहज बनाउन उक्त पदमा रहेर गर्नुपर्ने कुनै पनि काम कारवाही गर्न नपाउनेगरी निलम्बन गरिएको हो ।

यी हुन् युवतीमाथि यौन दुव्यर्वहार गर्ने त्रिविका सहायक डीन

Logo