१ हजार ५३ सट्टा शिक्षकलाई अवकास, स्रोतव्यक्तिको काज फिर्ता

१ हजार ५३ सट्टा शिक्षकलाई अवकास, स्रोतव्यक्तिको काज फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले स्रोतव्यक्तिलाई साविकको दरबन्दीमा काज फिर्ता गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि सट्टा शिक्षकको जागीर धरापमा परेको छ । स्रोतव्यक्तिको सट्टामा जागीर खाएका शिक्षक देशभर १ हजार ५३ जना छन् । त्यसमध्ये ९७८ जना अस्थायी हुन् भने ७५ जना स्थायी छन् ।

यही फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले स्रोतव्यक्ति हटाउने र उनीहरुको सट्टामा कार्यरत शिक्षकलाई माघ महिनासम्मको तलब दिएर विदा गर्ने निर्णय गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ (साविकको जिल्ला शिक्षा कार्यालय) लाई पत्र पठाएर सट्टा शिक्षक तथा अस्थायी स्रोतव्यक्तिलाई अवकास दिन भनिएको हो ।

विगतमा केन्द्र सरकारबाट विद्यालयहरुको शैक्षिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्रोतकेन्द्र स्थापना गरिएको थियो ।

स्रोतकेन्द्रमा हाल कार्यरत स्थायी शिक्षकहरुलाई दरबन्दी रहेको सम्बन्धित विद्यालयमा साविकको पदमा काज फिर्ता गर्ने र स्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत सट्टा शिक्षक एवम् अस्थायी स्रोत व्यक्तिहरुलाई अवकास दिने निर्णय कार्यान्वय गराउँन भनिएको हो ।

Logo