५ मिनेट पनि ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी

५ मिनेट पनि ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी

केन्द्रबिन्दु
0
Shares

मोरङ । जनता बाल आधारभूत विद्यालयका शिक्षक शिक्षिकालाई आफैंले बनाएको नियम महंगो सावित हुन थालेको छ । जहदा गाउँपालिका–१ मा रहेको जनता बाल आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक शिक्षिका मिलेर एउटा नियम बनाए ।

उक्त नियमले यतिबेला विद्यार्थी भन्दा शिक्षक शिक्षिका समस्या पर्ने गरेका छन् । उक्त नियमलाई विद्यार्थीहरुले कडाईका साथ लागू गरेका छन् । उनीहरुले विद्यालयमा बिहान ठिक १० बजे नपुग्ने शिक्षक शिक्षिकालाई घर पठाउने गरेका छन् ।

शिक्षिका दुर्गावती राजवंशी १० बजेर ५ मिनेटमा विद्यालयको गेटमा पुग्दा नै विद्यार्थीहरुले उनलाई घर पठाईदिए । आउँदा आउँदैं पाँच मिनेट ढिला भयो भनेर विन्ति गर्दा पनि विद्यार्थीहरुले मानेनन् र अन्ततः राजवंशीलाई घर नै पठाईदिए । विद्यार्थीहरु विद्यालयको मूलढोकामा बसेर ढिला आउने शिक्षक शिक्षिकाहरुलाई घर फकाउँदैं आएका छन् ।

उनीहरुले शिक्षिका राजवंशीलाई मिस तपाईको घडीमा कति बज्यो ? भनेर सोध । मिसले घडी हेरेर जवाफ फर्काइन्, ‘आउँदा आउँदै ५ मिनेट ढिला भएछ ।’

१० बजेभन्दा ढिलो पुगेपछि स्कुलले बनाएको नियमअनुसार विद्यार्थीले उनलाई घर फर्काए ।शिक्षक–शिक्षिका मात्र नभई विद्यार्थीलाई पनि ढिलो आए घर फर्काउने नियमै बनाइएको छ । यो नियम सबैले सहज रूपमा मान्दै आएका छन् ।

१० बजेर ढिलो भइसकेपछि विद्यालय पुग्ने ६० जना विद्यार्थीलाई पनि सहपाठीले फर्काइसकेको प्राचार्य वीरेन्द्रप्रसाद मण्डलले जानकारी दिए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानसहित शिक्षक र विद्यार्थी समयमा विद्यालय नआउने र आए पनि लगत्तै हिँडिहाल्ने प्रवृत्ति रोक्न दुई महिनादेखि १० बजेर एक मिनेटपछि भए पनि शिक्षक–विद्यार्थीलाई फर्काउने नियम लागू गरिएको हो । उक्त नियम प्रभावकारी बन्दै गएको प्राचार्य मण्डलको भनाई छ ।

हरेक दिन १० बज्न ५ मिनेट बाँकी रहँदा कक्षा ७ र ८ का विद्यार्थी मूलढोकामा बस्छन् । घण्टी लागेपछि आइपुग्ने शिक्षक र विद्यार्थीलाई उनीहरूले फर्काइदिन्छन् ।

Logo