उत्कृष्ठ ५० मा उनको नाम पनि परेको हो । "/>

लमजुङका शिक्षक थापा १० करोड पुरस्कार रहेको ‘ग्लोबल टिचिङ प्राइज’ मा छानिए

लमजुङका शिक्षक थापा १० करोड पुरस्कार रहेको ‘ग्लोबल टिचिङ प्राइज’ मा छानिए

केन्द्रबिन्दु
0
Shares

लमजुङ । लमजुङका शिक्षक शमशेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन्। विश्वका १७९ मुलुकबाट छानिएका उत्कृष्ठ ५० मा उनको नाम पनि परेको हो ।

अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए। ती मध्येबाट ३८ देशका ५० जना छनोट भएका छन् ।

बेलयती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा दिने यो पुरस्कारको राशि एक मिलियन अमेरिकी डलर अर्थात १० करोड १२ लाख रुपैयाँ भन्दा बढी छ छ । त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा हुनेछ ।

यसअघि उनले ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ प्राप्त गरेका थिए। लामो समयदेखि अध्यापन क्षेत्रमा सक्रिय थापा बेसीशहर–३, गाउँशहरका बासिन्दा हुन् । उनी ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहेका थिए । थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको खोलेका थिए ।

अंग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयमा शुल्क तिर्नुपर्ने बाध्यता छैन् । भएकाले तिर्ने र नभएकाले पनि गुणस्तरिय शिक्षा पढ्न पाउँछन् । उक्त विद्यालयमा गरीब परिवारका विद्यार्थीहरु अध्ययन गर्दै आएको थापाको भनाई छ । हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदै आएको छ।

विद्यार्थीलाई आवश्यक किताब, कापी, कलममात्र नभई पोशाकको समेत प्रबन्ध विद्यालय सञ्चालकतर्फबाट गर्ने गरिएको छ । विद्यालयमा पूर्ण बालमैत्री वातावरणमा अध्यापन गर्ने गरिएकोछ । विद्यालयको पोशाक नेपालीपन झल्कने गरी तयार गरिएको छ।

बिहान प्रार्थना हुनुअघि विद्यार्थीलाई नाच्न लगाइन्छ, घोड चढी गरिन्छ । त्यस्तै विद्यालयमा शनिबार विद्यार्थीलाई कुकिङ सीप सिकाइन्छ। त्यसले बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको अभिवृद्धि हुनुका साथै बालबालिकाले विभिन्न परिकार खान पाउने हुँदा उनीहरूलाई कुपोषणबाट बचाउन र पढाइप्रति रुचि जागृत गर्न मद्दत मिल्ने थापाको भनाइ छ।

Logo