अस्थायी शिक्षकको अन्तर्वार्ता नरोकिने, अदालत गएकालाई पनि अवसर

अस्थायी शिक्षकको अन्तर्वार्ता नरोकिने, अदालत गएकालाई पनि अवसर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिहीबारदेखि अस्थायी शिक्षकको मावि तहको अन्तर्वार्ता हुँदैंछ । मंगलबार सर्वोच्च अदालतले शिक्षक सेवा आयोगको नाममा एउटा आदेश जारी गरेको थियो ।

निमावी तहमा स्थायी भईसकेका अस्थायी शिक्षकलाई माविको कुनै पनि प्रक्रियामा सहभागी नगराउने निर्णय शिक्षक सेवा आयोगले गरेको थियो । आयोगको सो निर्णयविरुद्ध सोलुखुम्बुका शिक्षक मदन राई सहित ८ जना शिक्षकले साउन २५ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दाको सुनुवाई गर्दै मंगलबार सर्वोच्चले प्रक्रियामा सहभागी गराउन आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि निमावी तहमा पास भईसकेका ५३ जना अस्थायी शिक्षकलाई पनि प्रक्रियामा लगिएको आयोगका प्रमुख प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए ।

मावी तहमा उनीहरुको कापी जाँच गरेर केही दिनभित्रै अन्तर्वार्ताको लागि सहभागी गराईने प्रमुख थपलियाको भनाई छ । ‘सर्वोच्चले अन्तर्वार्ता नै रोक्नु भनेको छैन् । उनीहरुलाई पनि प्रक्रियामा सहभागी गराउनु भनेको छ । अब उनीहरुपनि प्रक्रियामा जान्छन् । अन्तर्वार्ता र उनीहरुलाई प्रक्रियामा लाने काम सँगै हुन्छ ।’ थपलियाले भने ।

उनीहरु एकतह पास गरेर माथिल्लो तहमा अस्थायी शिक्षकको हैसियतले जान पाउने माग गर्दै आएका थिए । तर शिक्षक सेवा आयोग भने निमावी तहमा स्थायी भईसकेपछि माविमा अस्थायी शिक्षक मान्य नहुने भन्दै उनीहरुलाई माविको प्रक्रियामा सहभागी नगराउने निर्णयमा पुगेको थियो ।

आयोगको निर्णयविरुद्ध ति शिक्षकहरुले सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चको आदेशपछि आयोग उनीहरुलाई मावीको प्रक्रियामा सहभागी गराउन तयार भएको हो ।

सर्वोच्चको आदेश, ‘अस्थायी शिक्षकको अन्तर्वार्ता रोकी कापी परिक्षण गर्नु’

Logo