सर्वोच्चको आदेश, ‘अस्थायी शिक्षकको अन्तर्वार्ता रोकी कापी परिक्षण गर्नु’

सर्वोच्चको आदेश, ‘अस्थायी शिक्षकको अन्तर्वार्ता रोकी कापी परिक्षण गर्नु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अस्थायी शिक्षकको अन्तर्वार्ता रोकेर कापी परीक्षण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । तल्लो तहमा स्थायी भईसकेका अस्थायी शिक्षकले माथिल्लो तहमा दिएको परीक्षा अमान्य भन्दै शिक्षक सेवा आयोगले गरेको निर्णय स्थगित गरी उनीहरुको कापी परीक्षण गर्न सर्वोच्चले आदेश दिएको हो ।

माध्यमिक तहको अन्तर्वार्ता शुरु हुनु दुई दिन अघि अदालतको उक्त फैसला दिएको हो । आयोगले माविको अन्तर्वार्ता आउँदो बिहीबारबाट शुरु गर्दैछ । मंगलबार सर्वोच्चका न्यायाधिस केदार प्रसाद चालिसे र अनिल कुमार सिन्हाको ईजलासले उक्त आदेश दिएको हो ।

आयोगले विज्ञापन खोल्दा र परीक्षा लिदाँ अस्थायी रहेका मध्ये केही शिक्षक त्यहि बीचमा खुलेको खुल्ला विज्ञापनमा सहभागी भएर निमावि तहमा स्थायी भएका थिए ।

उनीहरुले माध्यमिक तहको अस्थायी शिक्षकको परीक्षामा जनाएको सहभागितालाई आयोगले अमान्य भन्दै कापी परीक्षण रोकेको थियो । एक तहमा स्थायी भएको शिक्षकले परीक्षा दिन नपाउने भन्दै गत साउन १६ गते आयोगले सूचना जारी गरेको थियो ।

आयोगले सूचना जारी गरेपछि सोलुखुम्बुका शिक्षक मदन राई सहित ८ जनाले साउन २५ गते मुद्दा दायर गरेका थिए ।

Logo