गोविन्द केसीका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चिकित्सकको चेतावनी

गोविन्द केसीका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चिकित्सकको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित नगरे सरकारविरुद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार सो विधेयक पारित नगरे सरकारविरुद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिए ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वरिष्ठ चिकित्सक केसी आफूसँग भएको सहमति विपरित सो विधेयक संसदमा पेश गरिएकोमा आपत्ति जनाउँदै आमरण अनसनमा बसेको उल्लेख गर्दै सो समस्या समाधानका लागि तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरे ।

संघका पूर्व अध्यक्ष केदारनरसिंह केसीले वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति अनुसार सो विधेयक पारित नगरे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरे । भएको सहमति पालना नगर्ने सरकार रहिरहन नहुने उनको तर्क थियो ।

पूर्वअध्यक्ष केसीले सहमति पालना गर्न नसक्ने भए सरकारले किन गोविन्द केसीसँग सहमति गरेको भनि पटकपटक प्रश्न पनि गरे ।

Logo