आइडीपी अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न

आइडीपी अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियाको शैक्षिक संस्थाहरुका बारेमा जानकारी दिन आयोजित आइडीपी अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएको छ । राजधानीको होटल र्‍याडिसनमा संचालित मेलाको नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले उद्घाटन गरेका थिए ।

मेलाको उदघाटन समारोहमा बोल्दै राजदूत पिटरले अष्ट्रेलिया एजुकेशनको हव भएको बताए । उनले अष्टेलियाका सुविधासम्पन्न विश्वविद्यालयहरुमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने धारणा राखे । कार्यक्रममा बोल्दै आइडीपी (स्टुडेन्ट सर्भिसेस नेपाल प्रालि) का प्रबन्ध निर्देशक भुपेन्द्र सिटौलाले नेपाली विद्यार्थीहरुलाई विशेष परामर्श दिन आइडीपी उपयुक्त कम्पनी भएको बताए ।

मेलाको पहिलो सत्रमा अष्ट्रेलियामा शैक्षिक छात्रवृति र रोजगारीका विषयमा कार्यशाला गोष्ठी समेत आयोजना गरिएको थियो । गोष्ठीमा विभिन्न विश्वविद्यालयका प्रोफेसर तथा नेपाली विद्यार्थीहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए । फेयरमा अष्ट्रेलियाका विभिन्न २८ वटा कलेज सहभागि थिए । फेयरको अवलोकन गर्नका लागि नेपाली विद्यार्थीहरुको भिड लागेको थियो ।

आइडीपी (ईन्टरनेशनल एजुकेशन स्पेशलिस्ट) शैक्षिक परामर्श दिने बहुराष्ट्रिय कम्पनी हो । यसको विश्वका ३२ वटा देशहरुमा ११० वटा शाखा रहेका छन् । यो कम्पनी अष्ट्रेलियाको स्टक एक्सचेन्जमा पनि सुचिकृत छ ।

विगत ४५ बर्षदेखि शैक्षिक परामर्श कार्यमा सक्रिय यो कम्पनी नेपालमा पनि केही समयदेखि क्रियाशिल छ । आइडीपीले अष्ट्रेलिया, युके, क्यानडा, अमेरिका र न्यूजिल्याण्डमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि परामर्श दिने गर्दछ । आइडीपीले कोर्स र विश्वविद्यालयको छनौट, आवेदन, भिसा काउन्सिलिङ, प्रि डिपार्चर ओरिन्टेशन लगायतका कामहरु गर्दै आएको छ ।


Logo