आउँदो फागुनमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

आउँदो फागुनमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन महिनामा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ ।विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो ।

हाल रहेका स्ववियु पदाधिकारीको आउँदो फागुन १८ गते २ वर्षे कार्यकाल सकिने भन्दै त्रिविले नयाँ चुनावको तयारी गर्न आग्रह गरेको हो ।

निर्देशनालयका प्रमुख गंगाबहादुर मगरले पठाएको पत्रमा निर्वाचनको पूर्व तयारी गर्न गराउन आग्रह गरिएको छ । त्रिविले यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको थियो । त्रिविमा स्ववियु पदाधिकारी निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेरभित्रको विद्यार्थी हुनुपर्ने व्यवस्था छ ।

Logo